पर्सा जिल्ला अदालतमा पछिल्लो ४ महिने अवधीमा मुद्दाको चाप बढेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को चार महिनामा पर्सा जिल्ला अदालतमा २ हजार ३ सय ३६ वटा नयाँ मुद्दा दर्ता भएका छन् ।
पर्सा जिल्ला अदालतका स्रेस्तेदार अरुण कोइरालाका अनुसार गत आर्थिक वर्षमा कुल ४ हजार ३ सय ५० वटा नयाँ मुद्दा दर्ता भएकोमा यस आर्थिक वर्ष २०७८/७९ को चार महिनामा २ हजार ३ सय ३६ वटा नयाँ मुद्दा दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७७।०७८ बाट यस आर्थिक वर्षमा सरी आएका ४ हजार ९ सय ६३ वटा मुद्दा र नयाँ दर्ता भएका २ हजार ३ सय ३६ वटा मुद्दा गरी कुल ७ हजार २ सय ९९ मुद्दा भएक छन् । चालु आर्थिक वर्षको चार महिनामा १ हजार ३ सय २० वटा मुद्दा फस्यौट भएकाले अझै ५ हजार ९ सय ७९ मुद्द फस्र्यौट हुन बाँकी रहेको पर्सा जिल्ला अदालतका स्रेस्तेदार कोइरालाले बताउनु भयो ।
अदालतले उपलब्ध गराएको तथ्याङ्क अनुसार २ वर्ष नाघेका ८ सय ३४ ,१८ महिनादेखि २ वर्षसम्मका ५ सय ९७ वटा, एक वर्षदेखि १८ महिनासम्मका ५ सय ६७ वटा, ६ महिनादेखि १२ महिना अर्थात् एक वर्षसम्मका १ हजार ७ सय ५ वटा र ६ महिनाभित्रका पनि फर्स्योट हुन बाँकी मुद्दा २ हजार २ सय ७६ वटा , २ वर्षभन्दा माथिका ६ सय ६७ मुद्दा रहेका छन् ।
फस्र्यौट भएका १ हजार ३ सय २० मुद्दामध्ये २ वर्षभन्दा माथिका २ सय ११ वटा मुद्दा फैसला भएका छन् । त्यसैगरी, १८ महिनादेखि २ वर्षभित्रका १ सय ३६, एक वर्षदेखि १८ महिनाभित्रका १ सय ४३, छ महिनादेखि एकवर्ष भित्रका ३ सय ९० र ६ महिनाभित्रका पनि ४ सय ४० वटा रहेका छन् । पर्सा जिल्ला अदालतका स्रेस्तेदार कोइरालाका अनुसार मुद्दाको चापअनुसार कार्य सम्पादन गर्न पर्याप्त जनशक्ति अभावले कठिनाइ भइरहेको छ ।
