सर्लाहीमा आगलागीमा परि दुई बालिकासहित तीन जनाकाे ज्यान गयाे

जलेर गम्भीर घाइते भएका उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी घाइते भएकी छिन् । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर जलेर नष्ट भएको छ ।

यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ । गएराति साढे ११ बजे बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा ७० वर्षीया नसिर खाँको ज्यान गएको प्रहरीले जनाएको छ ।