काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झर्यो, चिसो अझै बढ्ने

यस्तै, काठमाण्डौमा पनि आज घाम लाग्ने अनुमान गरिएको छ । भोलिदेखि भने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली भइ त्यस क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

यो प्रणालीका कारण आउँदाे दिनमा तापक्रम अझै घट्ने उहाँको भनाइ छ । पर्सि शनिवार बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । यो मौसमी प्रणालीका कारण पर्वतारोहण तथा यात्रा लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव लिएका छन्।