प्रदेश दुई-नाम र राजधानीको प्रस्ताव पेश भएन

मंगलबारको बैठकको कार्यसूचीको ४ देखि १० नम्बरसम्म प्रदेशको नामाकरण र स्थायी राजधानीबारे प्रस्ताव पेश गर्ने उल्लेख गरिएको थियो । जसमा सांसद शैलेन्द्रकुमार यादव, भरत साह, प्रमोद यादव, शिवचन्द्र चौधरी, राजेश्वर प्रसाद साह र शारदादेवी थापाले प्रदेशको नामाकरणसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यस्तै, कार्यसूचीको बुँदा नम्बर १० मा प्रदेशको राजधानी तोक्ने सम्बन्धी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । सभामुख यादवले अब प्रदेशसभाको बैठक पुस ८ गते बिहीबारका दिन बस्ने बताएका छन् ।