“आजै अपराह्नबाट मत गणना सुरु गर्छौं, पदाधिकारीबाटै मतगणना हुन्छ”, उहाँले भन्नुभयो, “हामी अहोरात्र खटेर मतगणना गर्छौं र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौं ।” आउँदो पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिउँसोदेखि मत गन्न सुरु गरिनेछ ।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चुनाव भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो । दोस्रो चरणमा कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल पनि हो । कांग्रेसको विधानमा कांग्रेस सभापति लगातार दुुई पटकसम्म मात्रै हुने व्यवस्था छ ।