पर्सामा गलत प्रचार फैलाउँदै एमाले, उपाध्यक्ष जसपामै, चरित्र हत्या गर्न लागेको नेता रौनियारको आरोप

उपाध्यक्ष चौधरीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोट स्थित निवासमा एमाले प्रवेश गराएको एमाले पर्साका नेताले बताएका थिए । तर गाउँपालिकाको विकासका निम्ति नेकपा एमालेका अध्यक्ष ओलीसंगको भेटलाई लिएर एमालेका नेताहरुले विभिन्न संचार माध्यममा गलत प्रचार गराएको भन्दै उपाध्यक्ष चौधरीले खेद प्रकट गरेकी हुन् । उपाध्यक्ष चौधरीले मंगलबार एक प्रेस बिज्ञप्ती निकालेर म कुनै पार्टीमा प्रवेश नगरेको र जसपाप्रति पूर्ण बाफादर रहेको बताएकी छिन् ।

यस्तै, पर्सा क्षेत्र नं. ३ बाट संघीय सांसदमा जसपाबाट निर्वाचित भएका हरिनारायण रौनियारले गलत प्रचार गरेर एमालेका नेताहरु चरित्र हत्या गर्न लागेको आरोप लगाएका हुन् । एमालेमा जान मन नमिले पनि फोटो खिचाएको भरमा चरित्र हत्या गर्ने झुठो प्रचार भएको उनको आरोप छ ।

विकासको मुद्दामा कुनै पनि राजनितीक दलले अन्य राजनिती दलसंग राजनिती भेटघाट गर्न सक्ने बताउँदै नेता रौनियारले भेटेको भरमा कसैको चरित्र हत्या गर्नु गलत भएको बताए । विकासको मुद्दा र राजनिती सम्बन्ध राख्न मैले नै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डजीसंग भेट गरेको समेत उनले प्रतिक्रिया दिए । भेटघाट गर्दैमा पार्टी नै छोडिएको भन्नु गल्त रहेको रौनियारको तर्क छ । साभार मध्यनेपाल डट कम बाट