सभापतिमा देउवा,निधि,डा. शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ सभापतिमा उम्मेदवार बन्नु भएको थियो । जसमा देउवाले २२५८,निधिले २४९,कोइरालाले १७०२,सिंहले ३७१ र गुरुङले २० मत प्राप्त गर्नुभएको थियो ।
कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ । अब देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । आफूलाई समर्थन जुटाउन देउवा निधि निवास पुग्नु भएको हो । उता सिंहले भने देउवालाई समर्थन गर्ने बताइसक्नु भएको छ ।