अडियोग्राम जाँच ढेड वर्षदेखि बन्द , बिरामी मर्कामा

नारायणी अस्पतालमा रहेको अडियोग्राम मेसिन सञ्चालनमा नल्याईदा अडियोग्राम जाँच बिगत ढेड वर्षदेखि बन्द रहेको छ । कानका विशषज्ञ डाक्टर सुमन खत्रीले नियमित बिरामी जाँच गरी रहनु भएको छ तर अडियोग्राम जाँच गर्नु पर्‍यो भने नीजि ल्याबमा जाँच गर्न पठाउनु पर्ने बाध्यता रहेको छ त्यस्तै गरी ३५० रुपैयामा हुने जाँचका लागि बिरामीहरुले ८५० रुपैया तिर्नु पर्ने बाध्यता रहेको छ ।
अडियोग्राम मेसिन ठीक अवस्थामा रहेपनि बिगत ढेड वर्षदेखि यो सेवा बन्द रहेको छ । कार्यरत प्राबिधिक कर्मचारी सेवा निवृत्त भएपछि बन्द रहेको यो सेवा अस्पतालमा उक्त मेसिन सञ्चालन गर्नसक्ने दक्ष कर्मचारी हुँदा हुँदै व्यवस्थापन गर्न नसक्दा सेवा बन्द रहेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र प्रधानले छिट्टै सेवा सञ्चालन गरिने बताउनु हुन्छ । अस्पतालमा भएका दक्ष कर्मचारी अर्को फाँटमा कार्यरत रहेकाले त्यस फाँटमा अर्को कर्मचारीको व्यवस्था गर्न नसकिएकाले केही ढिलाई भएको उहाँले बताउनु भयो । यसरी सेवा बन्द हुदाँ बिरामीहरुले एउटा जाँचमा ५ सय रुपैया बढी तिर्नु परी रहेको छ ।