तर ढुवानीको जिम्मा लिएको ठेकेदारले भने सुदूरपश्चिमका लागि पठाइएको मल भैरहवा र कपिलवस्तुमै बेच्ने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङग कर्पोरेशनले मलको आपूर्ति गर्न नसकेपछि आफूहरुले लागतभन्दा बढी मूल्य तिरेर भैरहवाबाट मल ल्याएर कृषकहरुलाई वितरण गर्न बाध्य भएको कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम भाटले बताउनुभयो ।
उता, गहुँ सिंचाइ गरेपछि रासायनिक मल हाल्ने बेला हुँदासमेत अहिलेसम्म मल पाउन नसकेपछि कृषकहरु चिन्तित बनेका छन् । जिल्लाका कृष्णपुर, लालझाडी र पुनर्वास क्षेत्रका साहकारीहरुले भैरहवाबाटै मल ल्याएर कृषकहरुलाई वितरण गरेका छन् ।
तर भीमदत्त, बेदकोट र दोधारा चाँदनीमा भने थोरै पनि मल नपाउदा हाहाकार भएको छ । सुदूरपश्चिममा भैरहवा नाकाबाट मल आयात हुने गरेको छ । गहुँको सिजनाका लागि ५ हजार मेट्रिक टन युरिया आवश्यक भएपनि साउन यता ३१ सय मेट्रिक टन मात्रै आएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ ।