यसअघि सभापति पदका आकाङ्क्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुनुभएको थियो। शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेल प्रतिस्पर्धाबाट बाहिरिनु भएको हो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् । सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्यको लागि मतदान हुँदैछ । सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच फेरि प्रतिस्पर्धा हुनेछ ।