इथियोपिया : विद्रोही समूहमाथि सेनाको कारबाही तीव्र, ५ हजार बढी लडाकु मारिएको दाबी

गएको नोभेम्बरदेखि सेनाले विद्रोही समूह विरुद्ध कारबाहीलाई तीव्र पारेको छ । विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा सेनाले उनीहरु विरुद्ध आक्रमण तीव्र पारेको हो ।

विद्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको सङ्घर्षका कारण हजारौँ नागरिक सुडान पलायन भइसकेका छन् ।