आनन्द ढुङ्गाना र रमेश रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टीको निर्वाचन समितिका अनुसार प्रदेश-२ को खुलातर्फ ढुङ्गाना, रिजाल र जङ्गी लाल रायको उम्मेदवारी परेको थियो ।

तर रायले उम्मेदवारी फिर्ता लिएसँगै ढुङ्गाना र रिजाल प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित हुनुभएको हो ।