१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशको बराबरी

बराबरीसँगै नेपाल र बङ्गलादेशले समान एक/एक अङ्क जोडेका छन् । अब नेपालले दोस्रो खेलमा बुधवार श्रीलङ्कासँग खेल्ने छ । यस्तै भुटानसँग डिसेम्बर १७ र भारतसँग डिसेम्बर १९ मा खेल्नेछ ।

हिजो भएको खेलमा भुटानले श्रीलङ्कालाई ५–० ले हराएको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी छन् । फाइनलमा पुग्ने शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्बर २१ मा खेल्नेछन् ।