बोलेर मात्रै होइन गरेर देखाउँछु : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले आफूले बोलेर मात्र नहिड्ने बताउनुभएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले आफूले बोलेर मात्र नभइ कामै गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पार्टीलाई गतिशील बनाउन विधानअनुसार आफूले सक्रिय रहेर काम गर्नेसमेत उहाँले बताउनुभयो । सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ । पत्रकार सम्मेलनमा सिंहले आफ्नो चुनावी अवधारणापत्र समेत सार्वजनिक पनि गर्नुभएको थियो ।