दिनप्रतिदिन चिसो बढ्दै

देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जोमसोमको माइनस १, जिरीको १ दशमलव १, डडेलधुराकाे ४ दशमलव ३ र पोखराको ९ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।

पानी परेपछि चिसो ह्वात्तै बढ्ने गरेको भए पनि यो वर्ष पानी नपरेकै समयमा पनि न्यूनतम तापक्रम कम भएको छ । बिहान बेलुका, हुस्सु, कुहिरो लागेकाले चिसो बढेको उहाँले बताउनुभयो । अहिले पनि देशको पहाडी र तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो पछि भने हुस्सु र कुहि हटेर घाम लाग्ने सम्भावना छ । आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने वा हिमपातको सम्भावना छैन । पर्सिदेखि भने पश्चिमी वायुको सामान्य प्रभाव पर्ने सक्ने भएकाले देशका केही ठाउँमा सामान्य पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।