उद्घाटन गर्दै अध्यक्ष गुप्ताले गाउँपालिकामा एउटा पनि सरकारी बर्थिंग सेन्टर नहुँदा समस्या भएको बताउँदै अबदेखि उक्त समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । त्यस क्षेत्रका महिलाहरुले बच्चा जन्माउन भारत र सदरमुकाम वीरगञ्ज आउनुपर्ने बाध्यता अब हटेर जाने अध्यक्ष गुप्ताको विश्वास छ । चुनावताका जनतासँग गरेको प्रतिबद्धताअनुरुप बर्थिङ्ग सेन्टर निर्माण गरिएको गुप्ताको भनाई छ ।
बर्थिंग सेन्टरको साथै सबै स्वास्थ्य चौकीहरुमा एमबिबिएस डाक्टर र एम्बुलेन्स सेवा पनि सञ्चालन भइरहेको उनले बताए । तिनजना एमबिबिएस डाक्टर र दुई वटा एम्बुलेन्समार्फत गाउँपालिकाबाट सेवा प्रवाह भईरहेको अध्यक्ष गुप्ताले बताए । गाउँपालिकाभित्रका स्वास्थ्य चौकी र बर्थिग सेन्टरहरुसम्म पुग्न एम्बुलेन्स सेवा निशुल्क गरिएको पनि गुप्ताले जानकारी दिए । अध्यक्ष गुप्ताले दलित, गरिबका छोरीको बिहेमा गाउँपालिकाको तर्फबाट २१ हजार देखि ५१ हजार सम्मको कन्यादान राशि घोषणापछी अहिले सम्म २१ जनालाई कन्यादान राशी दिइसकेको बताए ।
छिपहरमाई गाउँपालिकामा दुई वर्ष जन्मिएका बालिकाहरुको लागि २ लाख रुपैयाको बालिका स्वर्ण बिमा भईरहेकोले अहिले सम्म ५सय १० जनाको बिमा भईसकेको र ३ सय जनाको खुल्ने क्रममा रहेको गुप्ताले बताए । यसअघि वडा नं ४ तुल्सीवर्वामा, वडा नं २ टिहुकी सेढामा, वडा नं ३ जयमंगलापुर, वडा नं ५ भिस्वामा सञ्चालन भइसकेको छ । वडा नं १ मिर्जापुरका वडाअधयक्ष राजबली यादवको अध्यक्षातामा गाउँपालिकाको ८० लाख बजेटबाट निर्मित ६ कोठे कोरोना अस्पताल र बर्थिंग सेन्टरको उद्घाटन गरिएको स्वास्थ्य संयोजक शम्भु साहले बताए । राजन बानिया पोखरिया