सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गराउन र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ । संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
यसअघि गएको साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेका छन् ।