महोत्तरीमा सासु बुहारीको झगडामा सासुको ज्यान गयाे

सासु र बुहारीबीच कुटाकुट र झगडा हुँदा बुहारीले सासुलाई कुटपिट गरेकी छन् । कुटपिटबाट शरीरको विभिन्न भागमा चोट लागेको र लौरोले टाउकोमा समेत चोट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घटना वारे विहिवार बिहान ३ः३० बजे खबर आएकोमा सोहि बेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए । उनले मृत्युको यकिन कारण अहिले खुलि नसकेकोमा पोष्टमार्टम रिपोर्ट आएपछिमात्र केहि भन्न सकिने बताए । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।