ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको  ?

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गर्नुभएको छ ।

काठमाण्डौ महानगरस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले चीनसँग हुँदै नभएको सीमा विवाद अध्ययन गर्न भनेर सरकारले समिति बनाएको भन्दै आपत्ति पनि जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कस्लाई खुसी पार्नको लागि समिति बनाइएको हो ? म चुनौती दिन चाहान्छु, समितिले चीनसँगको सीमा विवाद देखाओस ।’

सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको ओलीले आरोप लगाउनुभयो ।