मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारी साधनमाथि नै हमला गरिएको थियो। सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीररुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ।
यसअघि पनि मालीको शान्ति मिसनलमा यसैगरी हमला हुने गरेको छ। जसमा परेर कैयौँ सैनिक मारिएका छन्। सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरे। उनले शान्ति स्थापनाका लागि खटेका सैनिकमाथिको हमला निन्दनीय रहेको बताए। साभार अन्नपूर्णबाट