एमाले अध्यक्ष ओली अस्वस्थ

शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट गर्न हिजैदेखि बन्द गर्नुभएकाे छ ।

अहिले उहाँ बालकोटमा रहेकाे आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।