वीरगञ्जका ७ वटा फर्मलाई कारवाही

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले वीरगञ्जका ७ वटा फर्मलाई कारवाही गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, कन्जुमर आई नेपालका प्रतिनीधिसहितको अनुगमन टोलीले ७ वटा फर्मलाई कारवाही गरेको हो । वीरगञ्ज १३ स्थित न्यू गेजेटस जोन, वीरगञ्ज १० स्थित बालाजी डिपाटमेन्टल स्टोर्स, वीरगञ्ज ७ रेशमकोठीस्थित न्यू मेलोडी, वीरगञ्ज ७ स्थित रुची सापिंग सेन्टर, वीरगञ्ज ६ स्थित नेपाल म्युजिक सेन्टर, राईट च्वाईस र कादमियाँ स्टोर्सलाई १०/१० हजार गरी ७० हजार रुपैयाँ जरिवाना तिराईएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रवक्ता दिलिप खंग खत्वेले जानकारी दिए ।
उक्त रकम सात दिन भित्र बैकमा जम्मा गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको खत्वेले जानकारी दिनु भयो ।