आयरल्यान्ड र वेस्ट इन्डिजबीच जनवरी ८ देखि १६ को बीचमा तीन एकदिवसीय र एक मात्र टी–२० खेल जमैकाको सबिना पार्कमा हुने तय भएको छ । गएको महिना क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभले अन्तिम खेलका लागि क्रिस गेललाई घरमा खेल्ने मौका दिनुपर्ने सबैले चाहेका बताएका थिए । टी–२० विश्व कपका क्रममा पनि गेलले जमैकामा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाउने आशा व्यक्त गरेका थिए ।
टी–२० क्रिकेटमा क्रिस गेलको उपस्थिति निकै उत्कृष्ट रहेको छ । उनले २२ शतक र ८७ अर्धशतकसहित टी–२० मा १४ हजार तीन सय २१ रन बनाएका छन् । टेस्टमा उनले तीन सय ३३ रनको सबैभन्दा धेरै रनसहित सात हजारभन्दा धेरै रन बनाएका छन् । यस्तै तीन सय एक एकदिवसीयमा २५ शतक र ५४ अर्धशतकसहित १० हजार रन बनाएका छन् ।