यसअघि दुई टोलीबीच टी–२० श्रृङ्खला पनि हुने भनिएको थियो । तर, टी–२० श्रृङ्खला भने फरक मितिमा हुने क्रिकइन्फोले जनाएको छ । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको टेस्ट श्रृङ्खला डिसेम्बर २६ देखि सुरु हुनेछ ।
तालिका अनुसार पहिलो टेष्ट डिसेम्बर २६ देखि ३० तारिखसम्म हुनेछ भने दोस्रो टेस्ट तीन जनवरी देखि सात र तेस्रो टेष्ट ११ देखि १५ सम्म हुनेछ । दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिएसँगै खेल क्षेत्रमा पनि प्रभाव पर्ने देखिएको छ ।