ताजा जनादेशका लागि चाँडै निर्वाचनमा जानुपर्ने भन्दै अबको प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच मात्रै हुने दाबी गर्नुभयो । गठबन्धन सरकारले काम गर्न नसकेको उहाँको आरोप थियो ।
न्यायलयको छवि धुमिल भएको, सार्वजनिक खरिद ऐन संशोधन गरेर भ्रष्टाचारतर्फ उन्मुख भएको, प्रदेश सरकारहरू लगाम विनाका घोडा जस्तै हुन पुगेको उहाँको भनाइ थियो । प्रदेशहरूले मनपरी ढंगले खर्च गर्ने, मन्त्रालय टुक्राउने गरेको भन्दै एमाले सरकार हुँदा मितव्ययित अपनाएको दावी गर्नुभयो । एमालेको दोस्रो इनिङ सुरु भएको र त्यसका लागि व्याटस्म्यानहरू तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो ।