काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ । कार्तिक २१ गते चाबहिलस्थित ओम अस्पतालबाट चोरी भएको बा ४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका १ दिपही चौकमा चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । पार्किङ गरी राखेको सो म मोटरसाईकल चोरी भएपछि खोजतलासको लागि महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । सोही उजुरीको आधारमा सवारीधनी गुप्त प्रसाद मिश्रलाई आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । साभार रातो पाटिबाट

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला
Related Posts

सिरहाबाट साढे ७१ लाखसहित दाजुबहिनीसँगै ५ पक्राउ

प्रहरी सहायक निरीक्षक कुन्जाङ शेर्पा सगरमाथाको चुचुरोमा

विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरूको असन्तुष्टि

विभिन्न ठाउँमा रातिदेखि नै वर्षा, दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

रवि लामिछाने र छविलाल जाेशीद्वारा पेशीकाे पत्र बुझ्न अस्वीकार

नेप्से लगातार छैटौं कारोबार दिन घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर किनबेच

२ वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे
