उनले हत्यापश्चात आफ्ना भाइलाई प्रहरी बोलाउन म्यासेज गरेको बताइएको छ। प्रहरी त्यहाँ पुग्दा डा. सुशील भने फरार भइसकेका थिए। प्रहरीले एउटा नोट बरामद गरेको छ। जसमा लेखिएको छ- ओमिक्रोनका कारण मैले हत्या गरेँ।
यिनीहरुको शव गन्नु पर्दैन। प्रहरीका अनुसार डा. सुशीलले ४८ वर्षीय श्रीमती, १८ वर्षीय छोरा र १० वर्षकी छोरीको हत्या गरेका हुन्। प्रहरीका अनुसार डा. सुशील डिप्रेशनका बिरामी हुन्।