यस्तै आयोगले सबै पालिकास्तरमा पनि टोली पठाएर मतादाता नामावली सङ्कलन गर्ने भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले मतदाता नामावली सङ्कलनको अभियान सुरु हुन लागेको भन्दै १६ वर्ष पूरा भएका सबैले नाम दर्ता गराउन आग्रह गर्नुभयो ।
यसैबीच निर्वाचन आयोगले अब हुने चुनावमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारकाे सम्पत्ति विवरण पनि लिने कानुन बनाएको छ । उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसपछि निर्वाचन सम्पन्न हुने समयसम्म हरेक सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।