सिरहा जिल्लाको लहान नगरपालिका स्थितमा सुन र नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला सप्तरी खड्क नगरपालिका-११ बस्ने तौहिद आलम र सप्तरीक वोदेवर्साईन नगरपालिका-६ बस्ने मो.समिम अख्तर रहेको प्रहरीले जनाएको छ ।
मंगलवार जिल्ला सिरहा लहान नगरपालिका-७ स्थितमा ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको टोलिले चेक जाँचको क्रममा पक्राउ गरेको हो ।
आलम र अख्तर चढी आएको स.८.प ६०७७ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजको साथबाट अन्दाज ५० ग्राम सुन र ५४ हजार नगद बरामद गरी सुन र नगद रुपैया सहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुशन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।