आफ्नो पक्षबाट प्रदेश सभापतिमा उम्मेदवार बनाउनेहरुको नाम सर्वसम्मत गर्न अहिले पौडेलसहित कांग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत लगायतका छलफलमा बसेका छन् ।
महामन्त्री कोइराला निवासमा भइरहेको छलफलमा आफ्नो पक्षको प्यानल बनाउन नेताहरुबीच कुराकानी भइरहेको पौडेल पक्षका एक नेताले जानकारी दिए । प्रदेश सभापतिका दावेदारहरुले छुट्टा–छुट्टै आफ्नो उम्मेदवारीको प्रचार गर्दै हिडेपछि त्यसलाई कसरी सहमतिमा टुंग्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
उता कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष पनि आफ्नो तर्फबाट क–कसलाई प्रदेश सभापतिमा उम्मेदवार बनाउने भन्ने आन्तरिक गृहकार्यमा जुटेको छ ।
कांग्रेसमा वडा अधिवेशन शुरु हुनु अघि पौडेल सहितका नेताहरु एकैठाउँ उभिएका थिए । त्यसपछि उनीह प्रदेश निर्वाचनका बारे छलफल गर्न आज एकै ठाउमा भेला भएका हुन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।