सुनको भाउ आज पनि एक सय रुपैयाँले घट्यो

सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।