मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाइ मूल्याङ्कन गरेर अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडि बढ्न सक्ने बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो,‘सरकारले अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरूले सरकारी विज्ञापन पाउनेछन् । कार्यविधि र मूल्याङ्कनको काम अगाडि बढाउन प्रेस सेन्टरले बातावरण बनाउनुपर्छ ।
यो कामको सुरुवात गर्न प्रेस सेन्टरलाई आग्रह छ । अन्य पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिमका लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ ।’ अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य सङ्घर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने बताउनुभयो ।
उहाँले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्ति प्रक्रियादेखि आजसम्मको स्थितिमा आएको बताउनुभयो । उहाँले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउँदै अब नेपालमा समाजवादी बाटो नयाँ बाटोको आवश्यकता भएको औल्याउनुभयो ।