जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको बैठक सोमवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी एवम् डिसिसिएमसी पर्साका संयोजक उमेश कुमार ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को नयाँ भेरियन्ट आमिक्रोमबाट सुरक्षित रहन पूर्वतयारी गर्ने अभिप्रायले सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको अध्यक्षतामा एक्सन प्लान टिम गठन गर्ने निणर्य गरेको छ । एक्सन प्लान टिममा अस्पताल, महानगरपालिका, नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला समन्वय समितीसहित सरोकारवाला निकायका प्रतिनीधिहरु रहने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । सरकारले तोकेका स्वास्थ्य सावधानीका उपायहरु पालना गर्न/गराउन सरोकारवाला निकायलाई आग्रह गर्ने, खोप अभियानलाई प्रभावकारी बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्ने निणर्य पनि डिसिसिएमसीको बैठकले गरेको छ । वीरगञ्ज भन्सार नाकामा स्थापित हेल्थ डेस्कलाई व्यवस्थित र प्रभावकारी बनाउने निणर्य पनि आजको बैठकले गरेको छ । स्थानीय निकायहरुलाई क्वारेन्टाईन, आईसोलेन्सन सेन्टर तयारी अवस्थामा राख्न लिखित रुपमा आग्रह गर्ने निणर्य गरेको छ । ओमिक्रोन तिव्र रुपमा फैलिरहेको समाचारहरु प्रकाशन र प्रसारण भएपछि सावधानी अपनाउन तथा पूर्वतयारीलाई जोड दिन डिसिसिएमसीको बैठक बसेको हो ।

बिभिन्न ५ निणर्य गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न
Related Posts

सिरहाबाट साढे ७१ लाखसहित दाजुबहिनीसँगै ५ पक्राउ

प्रहरी सहायक निरीक्षक कुन्जाङ शेर्पा सगरमाथाको चुचुरोमा

विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरूको असन्तुष्टि

विभिन्न ठाउँमा रातिदेखि नै वर्षा, दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

रवि लामिछाने र छविलाल जाेशीद्वारा पेशीकाे पत्र बुझ्न अस्वीकार

नेप्से लगातार छैटौं कारोबार दिन घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर किनबेच

२ वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे
