अज्ञात समुहको आगजनीबाट रौतहटमा ठुलो परिमाणमा राखिएको धानको भारि जलेर नष्ट भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाका वडा नम्बर ७ प्रेमपूर बस्ने गोनाहीका बधाई राय यादवले दाई गर्नको लागी राखेको भारिमा अज्ञात समुहले आगजनी गर्दा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट दाई गर्न राखिएको ६ सय ४० वटा धानको भारी (बोझा ) पुर्ण रुपमा जलेर नष्ट भएको पीडित यादवले बताए । उनले लगाएको ३ बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको छ ।
अज्ञात समूहले धानको भारिमा मध्य रातमा आगलागी गरेको समय गाउँलेहरु सुतिरहेको हुनाले आगलागी नियन्त्रण हुन नसकेको बुझिएको छ । पीडित परिवारले घटनाको अनुसन्धान गरि दोषिमाथी कारवाही तथा सम्बन्धित निकायसँग क्षतिपुर्तीको माग गरेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताउनुभयो । धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसंधान भैरहेको भण्डारीको बतायनुभयो ।