वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल गरे । जितसँगै सिटी १३ खेलमा २९ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।
यस्तै, गएराति भएको अर्को खेलमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–२ गोल अन्तरले पराजित गरेको छ भने ब्रेन्टफोर्डले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ । बर्नली र टोटेनह्यामको खेल भने स्थगित भएको छ।