तर नामावली तयार गरी घोषणा गर्ने प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालको असहमति छ । दुई नेताको असहमति रहे पनि बन्दसत्रले नामावली पास गरेपछि निर्वाचन कमिटीले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ । कुनै पदमा कसैको असहमति रहेमा मनोनयन दर्ता गरेर चुनावमा जाने तयारी छ ।
एमालेमा अबको ५ वर्षका लागि नेतृत्व छान्न देशभरिबाट २ हजार १ सय ७५ प्रतिनिधि चितवनको सौराहामा जम्मा भएका छन् । गएको शुक्रवारदेखि सुरु भएको दशाैँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने कार्यतालिका छ ।