नेकपा माओवादी केन्द्रको वीरगञ्ज महानगर कमिटी विवादित अवस्थामा दुईजनाको अध्यक्षतामा दुई कमिटी गठन भएको छ । शनिवार पर्साको वीरगञ्ज महानगरपालिकाका दुई स्थानमा पहिलो महानगर सम्मेलन नयाँ कमिटी गठन गरी सम्पन्न भएको हो । शनिवार नगरसभागृहमा सम्पन्न अधिवेशनले अध्यक्ष रहबर अन्सारीको अध्यक्षतामा कमिटी गठन गर्यो भने वीरगञ्जको मूर्लीमा रहेको सिटी पार्टी प्यालेसमा सम्पन्न अर्को महानगर अधिवेशन अर्कोतर्फबाट सब्बा अन्सारीको अध्यक्षतामा कमिटी गठन भएको छ । रहबर अन्सारीको अध्यक्षतामा टाउन हलमा सम्पन्न अधिवेशनले कमिटी गठन गरेको थियो भने सब्बा अन्सारीको अध्यक्षतामा मुर्लीमा आयोजित अधिवेशनले कमिटी गठन गरेको थियो । रहबर अन्सारीको अध्यक्षतामा गठित महानगर समितिको उपाध्यक्षमा जुमादिन अन्सारी, राजु बैठा, सचिवमा सुरेन्द्र गुप्ता, सह सचिवमा दीपेन्द्र मण्डल, कोषाध्यक्षमा रेणु कार्की चयन हुनु भएको छ । त्यस्तैगरी सब्बा अन्सारीको अध्यक्षतामा गठन भएको कमिटीको उपा-अध्यक्षमा अच्छेलाल ठाकुर ,विनय पटेल, रुपा मण्डल सचिवमा नन्दकिशोर पंजियार , सह-सचिवमा मनोज यादव , कोषाअध्यक्षमा नुरहोदा आलम चयन हुनु भयो । नगरसभागृहमा सम्पन्न सम्मेलनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो, संयोजक रामदरश कुशवाहा, वीरगञ्ज महानगर इन्चार्ज बाबुराम कौशिक लगायतले सम्बोधन गर्नुभएको थियो । मूर्लीमा रहेको सिटी पार्टी प्यालेसमा सम्पन्न सम्मेलनको उद्घाटन सत्रमा छोटेलाल यादव , प्रदेश नं २ सरकारका प्रदेश सद्स्य पासनिमा कादरी, अखिल नेपाल सुकुम्बासी संघ पर्साका संयोजक माईला लामा, जिल्लाकार्य समितीका सदस्य सन्तोष घिमिरे,टुनटुन तिवारी, लालबहादुर पटेल, राकेश यादव,रुपनारायण सिंह लगायतले सम्बोधन गर्नु भएको थियो । माओवादी केन्द्रको शनिबारदेखि देशैभर पालिका सम्मेलन सुरु भएको छ । वीरगञ्ज महागरका दुई स्थानमा सम्पन्न अधिवेशनबाट निर्वाचित अन्सारीद्वयमध्ये कसले वैधानिकता पाउने हो भन्ने अहिले अन्यौलता रहेको छ तर दुवै कमिटीले आफूहरू नै वैधानिक भएको दाबी गर्दै आउनु भएको छ । त्यस्तैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को हिजो जीराभवानी गाउँपालिकामा सम्मेलन भएको छ । वडा नं ३ नौकाटोलामा दिनानाथप्रसाद महतोको सभापतित्व तथा जिल्ला इन्चार्ज विजय महतो थारूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव बालेश्वरप्रसाद थारू, जयनारायण गौरो, रामाकान्त चौधरी, जीतेन्द्र बछारले मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसरी नै नेकपा माओवादी केन्द्र ठोरी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । ठोरी गापा-४, आठघरेमा सम्पन्न अधिवेशनको गाँऊपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । नेतृत्व चयनका लागि अधिवेशनको बन्द सत्र भने भोलि घ्याङडाँडामा हुनेछ । अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै वक्ताहरूले सबल र सक्षम नेतृत्व चयन गर्न अधिवेशन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।सभार ः-गो.प.

वीरगञ्ज महानगरमा माओवादी केन्द्रका दुई कमिटी गठन
Related Posts

सिरहाबाट साढे ७१ लाखसहित दाजुबहिनीसँगै ५ पक्राउ

प्रहरी सहायक निरीक्षक कुन्जाङ शेर्पा सगरमाथाको चुचुरोमा

विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरूको असन्तुष्टि

विभिन्न ठाउँमा रातिदेखि नै वर्षा, दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

रवि लामिछाने र छविलाल जाेशीद्वारा पेशीकाे पत्र बुझ्न अस्वीकार

नेप्से लगातार छैटौं कारोबार दिन घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर किनबेच

२ वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे
