महाधिवेशनबाट नेतृत्व बदल्ने कुरा मुख्य हो : गगन थापा

नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै कांग्रेसमा त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको उहाँको भनाइ छ । नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहनेहरूको बिचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताउनुभयो । कसले नेतृत्व गर्दा राजनीतिक रूपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा पूर्वमहामन्त्री नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले कांग्रेसलाई सानो आकारमा सीमित गराएको भन्दै नेतृत्व परिवर्तन हुन नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताउनुभयो । कांग्रेस काठमाडौं जिल्ला समितिमा गगन थापा र प्रकाशमान सिंहको समर्थनमा कृष्ण बानियाँको प्यानल चुनावी मैदानमा छ ।