लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी : प्रधानमन्त्री देउवा

चितवनमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले एमालेलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

‘कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताकाे रक्षा गर्नुका साथै समृद्ध देश बनाउनका लागि सबै दलकाे सहयाेग आवश्यक पर्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयाे । उहाँले सबै नागरिकलाई खोप पुर्‍याउन सरकार प्रतिबद्ध रहेको र नागरिकको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।