लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका सांसद हुन् भने झा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् । उनी लोसपा नेता अनिल झाकी पत्नी हुन् ।
दुई जनाले सनाखत गरेसँगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ । यसअघि बुधबार परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेशप्रसाद कुर्मी र गौरीनारायण साहले सनाखत गरेका थिए ।
सनाखत गर्ने सबै पूर्व राजपाका सांसद हुन् । सांसद परमेश्वर साहले भदौ २२ गतेसम्म सनाखतको समय दिइएकाले थप अन्य सांसदले सोही समयभित्र सनाखत गर्ने बताए ।