एमाले महाधिवेशनको उद्घाटन समारोहमा उपेन्द्र यादव पनि सहभागी

उद्घाटन समारोहमा जसपा अध्यक्ष यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि आउने जानकारी गराएको नेपाल प्रेसले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा उद्घाटन सत्रमा शुभकामना मन्त्वय दिने तय भएको छ ।यस्तै भारतीय जनता पार्टीका (भाजपा)का दुई जना नेता समेत महाधिवेशद उद्घाटन समारोहमा आउने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा. हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ ।