आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समृद्धि फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।