मधेशका मुद्दा सम्बोधन गर्न मा‌ओवादी प्रतिबद्ध छ : मन्त्री पाैडेल

सर्लाही–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मधेशका मुद्दा सम्बोधन गर्न अन्य पार्टी भन्दा माओवादी प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले मधेशमा माओवादीको जनलहर बढ्दै गएको बताउँदै माओवादी पहिलो पार्टी बन्ने दाबी गनुभयो ।

नेकपा माओवादीलाई केही शक्तिहरूले गलत प्रचार गरिरहेको बताउँदै त्यसलाई चिर्न कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ छ । माओवादी ल्याएको उपलब्धी उल्ट्याउने केही शक्तिहरू लागिरहेको पनि उहाँको भनाइ थियो ।