नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् । आज (बुधबार) जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, उनले अहिलेको अवस्थामा नेकपा (एकिकृत समाजवादी) पार्टीको चुनाव चिह्न ‘कलम’ चम्किरहेको उनको दाबि थियो । नेकपा (एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएका छन्, ‘हाम्रो पार्टीमा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन्’ उनले भने ।
यस्तै अध्यक्ष नेपालले केपी शर्मा ओलीलाई छटपटाहट भइरहेको भन्दै आगामी निर्वाचनमा उनको हालत विचराजस्तो हुने टिप्पणी गरेका थिए । साथै, उनले ओली दक्षिणको इसारामा चलिरहेको आरोप समेत लगाएका थिए ।