गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन नसक्दा उनीहरुको ज्यान गएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँकाअनुसार आगो लागेको समयमा अभिभावक घरमा थिएनन् । आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, त्यहीँ गाउँका सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको ज्यान गएको हो । आगो गएराति नै नियन्त्रणमा आएको छ ।