सर्वाेच्चमा देखिएकाे समस्याबारे बाेल्न अब दलहरूले ढिला गर्नुहुँदैन : डा. भट्टराई

आज सोमवार नेपाल बार एसाेसिएशनले ज्ञापनपत्र बुझाएपछि उहाँले न्यायालयको विकृति र विसङ्गति अन्त्यका लागि नेपाल बार एसाेसिएशनले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरूले अब ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले राज्यका अङ्गभित्र भएका समस्या आफैँ हल हाेस् भन्ने आफूहरूको चाहना रहे पनि अब सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताउनुभयो ।

अब कुनै पनि बहानामा यसलाई संरक्षण गर्नुहुँदैन भन्ने धारणा छ । अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वाभाविक भएको पनि बताउनुभयो ।