थ्रेसरले च्यापिदा एक बालकको ज्यान गयो

थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो ।उपचारको क्रममा राति साढे ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।