पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरि फरार रहेका किशोर पक्राउ

रामेछाप – पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन करणी गरेर फरार रहेका एक किशोरलाई प्रहरीले पक्राउ गरेका छन् ।  बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गरि फरार रहेका गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी सालबोटेका १९ वर्षीय दिपेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भदौ ५ गते एक्लै घरमा खेलिरहेको अवस्थामा बालकलाई फकाएर आफ्नो घर पुर्याएका थिए । खड्काले बालकलाई शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गर्ने क्रममा बालक चिच्चाएपछि उनी फरार भएका थिए ।

घटनापछि पीडित परिवारले खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेर दिएपछि त्यही उजुरीको आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको छ ।

पक्राउ परेका खड्कालाई रामेछाप जिल्ला अदालतबाट मंगलवार ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे ।