रुपन्देहीमा कांग्रेसका दुई पक्षबीच झडप : पाँच जना घाइते

घाइते भएकामध्ये क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अरुको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । मतगणना स्थलमा संस्थापन पक्षले आक्रमण गरेको नेता रामचन्द्र पौडेल पक्षको आरोप छ ।

विवादका कारण मतगणना स्थगित भएको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताउनुभयो । प्रदेश-३ (क) मा संस्थापन पक्षबाट सुरेन्द्र जङ्ग थापा र नेता पौडेल पक्षबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।