पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पारित

पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो । गत वर्ष बलात्कारीका दोषीलाई नपुंसक बनाउनेसम्बन्धमा एक अध्यादेशसमेत ल्याइएको थियो ।

त्यसको एक वर्षपछि तिनै प्रावधानलाई समेटिएको एक विधेयकलाई बुधबार बसेको संसदको संयुक्त सत्रमा पारित गरिएको बीबीसी हिन्दीले जनाएको छ । तर कट्टरपन्थी इस्लामिक समूहले बलात्कारीलाई नपुंसक बनाउने कानूनी प्रावधानको विरोध गरेका छन् । जमात(ए(इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले पारित विधेयकलाई इस्लाम विरोध एवं शरियाविपरीत भएको बताए ।

इस्लामिक कानूनमा नपुंसक बनाउनेबारे केही उल्लेख गरिएको छैन । यही कारण हरेक बलात्कारीलाई नपुंसक बनाउनुको साटो सार्वजनिक स्थलमा फाँसी दिनुपर्ने अहमदको भनाइ छ ।